३१ आश्विन २०८३, शनिबार

केपी ओलीको भाषणले दिल्लीमा हंगामा! प्रचण्ड फर्किएलगत्तै यस्तो चर्चा

122.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौं, ३ असोज । भारतसँग मिलेर २५ बुँदे वक्तव्य निकालेर प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार स्वदेश फर्किएलगत्तै नयाँ दिल्लीमा प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्चा हुन थालेको छ ।

भारतको हित हुनेगरी निकालिएको २५ बुँदे वक्तव्यको सोमबारै ओलीले कडा विरोध गरेपछि दिल्लीमा चिन्ता पनि गरिन थालिएको हो ।

मंगलबार प्रकाशित भारतीय मिडियाहरुले नेपाल–भारत संयुक्त वक्तव्यको ओलीले विरोध गरेको समाचार प्राथमिकताका साथ छापेका छन् ।

भारतको संस्थापन पक्ष मानिने पत्रिका नवभारत टाइम्सले ‘नेपाल की विपक्षी पार्टी ने प्रचण्ड की भारत यात्रा के दौरान जारी संयुक्त बयान का विरोध किया’ भन्ने हेडलाइनसहित समाचार छापेको छ ।

समाचारमा भनिएको छ– ‘प्रमुख विपक्षी दल नेकपा एमालेले प्रचण्डको भारत भ्रमणका क्रममा जारी २५ बुँदे संयुक्त वक्तव्यको कडा विरोध गदै यसले देशको सार्वभौम र स्वतन्त्रतालाई कमजोर गरेको जनाएको छ ।’

अध्यक्ष केपी शर्मा ओलीको भाषणलाई उद्धृत गर्दै लेखिएको समाचारमा संयुक्त वक्तव्यले स्वतन्त्रता कमजोर भएको र नेपाल सरकार भारतको अधिनतमा रहेको झल्को दिएको कुरा उल्लेख छ ।

नेपालको संविधानमा आफूले भनेजस्तो नभएपछि नाकाबन्दी लगाउने र समर्थन नगर्ने छिमेकीलाई हामीले किन समर्थन गर्ने भन्ने ओलीको भनाई पनि समाचारमा उल्लेख छ ।

सोमबार चारदिने भ्रमण सकेर भारतबाट फर्किएका प्रचण्डले भारतसँगको सम्झौता तथा वक्तव्यले चीनसँगको सम्झौतामा कुनै असर नपर्ने बताएको एक घण्टा नवित्दै ओलीले संयुक्त वक्तव्यको विरोध गर्दै वर्तमान सरकारले देशको स्वतन्त्रता भारतको हातमा सुम्पिएको आरोप लगाएका थिए ।

हेर्नुस् भारतीय मिडियाको समाचारः

news-indian