१९ कार्तिक २०८३, बिहिबार

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा विष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14372109_1094396537323979_4161272902212591973_o– मोहन विष्ट

कञ्चनपुर, ३ असोज । अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा बीरेन्द्रराज बिष्ट चयन हुनु भएको छ ।

आइतबार १२ औं जिल्ला सम्मेलनबाट बिष्टको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्ष कैलाश चन्द्र गिरी, अर्जुन बिष्ट, प्रेम रावल सचिव किशोर भट्ट, सह–सचिव खेम धामी, तिलक माल सुनिल सेट्टी, कोाषाध्यक्ष रुक्मा बम लगायत रहेका छन् । नवनिर्वाचित नयाँ अध्यक्ष बिष्टले शैक्षिक बिकृतिका विरुद्धमा हक हितका लागि संघर्ष गर्ने जनाएका छन् ।

यसैविच सम्मेलनको उद्घाटन सर्तमा बोल्ने अधिकाँस क्रान्तिकारीका नेताहरुले शिक्षा क्षेत्र व्यपार र उद्योगको रुपमा स्थापित हुँदा समग्र शिक्षा प्रणालीमा असर पुगेको बताएका छन् ।

अझैपनि शैक्षिक क्षेत्रमा विकृती, व्याप्त रहेकाले शैक्षिक क्षेत्र सुधार आवश्यक रहेको बताएका छन् । शिक्षा क्षेत्र निजी हुँदै व्यवसायिकण भईरहेको प्रति क्रान्तिकारीले चिन्ता व्यक्त गरेका छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐरले स्वागत मन्तव्य राख्दै क्रान्तिकारीले शैक्षिक क्षेत्रमा शसक्त रुपमा आन्दोलन थालेपछी केही विकृतीहरु हट्दै गएको बताएका छन् ।

‘केही विकृती छन् । हटाउन फेरी आन्दोलन गर्नुपर्छ ।’ उनले भने ‘शैक्षिक क्षेत्र सुधारमा क्रान्तिकारीको भूमिका हुन्छ ।’ अखिल क्रान्तिकारीका सचिव दिपेश पुनले जनयुद्ध संगै शैक्षिक क्षेत्रमा नयाँ आयाम थापिएको बताउदै, क्रान्तिकारीले समग्र शैक्षिक विकृती बिरुद्ध अडिक हुनुपर्नेमा जोडदिए ।

अखिल क्रान्तिकारी सात नम्बर प्रदेशका संयोजक उद्धव भट्टराईले अझै पनि ग्रामिण भेगका निमुखामा परेका समुदायको शैक्षिक क्षेत्रमा पहुँच पुग्न नसकेकोमा चिन्ता प्रकट गर्दै, क्रान्तिकारीले शैक्षिक विकेन्द्रीकरणका लागि संघर्ष गर्नुपर्नेमा जोडदिए ।