२९ आश्विन २०८३, बिहिबार

नेपालबाट पोलियो बाइ-बाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

polio

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि नेपाललाई पोलियोशून्य अवस्था भएको घोषणा गरेको छ ।

दक्षिण एसियाका नेपाललगायत ११ देश पोलियोशून्य अवस्थाको  देश भइसकेको बताउँदै  २७ मार्च २०१४ मा विश्व स्वास्थ्य सङ्गठनले ती देशलाई प्रमाणपत्र वितरण गरिसकेकाले मन्त्रालयले पनि आज यहाँ एक कार्यक्रम गरी पोलियोशून्य अवस्था घोषणा गरेको हो ।

पोलियोशून्य अवस्थालाई कायमै राखी सन् २०१८ सम्ममा देशलाई पोलियो उन्मूलन गर्ने रणनीतिमा मन्त्रालय लागेको छ । दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान र नाइजेरिया अभैm पनि पोलियोमुक्त भइनसकेको र नेपालमा  सन् १९९६ देखि एक जना पनि पोलियोको रोगी नभेटिएको बताइएको छ ।

सन् १९८८ देखि पोलियोमुक्त गर्नका लागि मुलुकका स्वास्थ्य स्वम्सेविका, विभिन्न सङ्घसंस्था र स्वास्थ्यकर्मीको प्रयासबाट १९९६ सम्ममा बालबालिकालाई पोलियोे थोपा खुवाउँदै आइएको थियो । पछिल्लोपटक  सलिम आलम पोलियोको रोगी भेटिएकामा त्यसपछि पोलियोको रोगी नभेटिएको मन्त्रालयको जिकिर छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले आज पोलियोशून्य अवस्थाको घोषणा गर्दै  पोलियोशून्य अवस्था कायम राख्ने चुनौतीलाई सामना गरी अब कहिल्यै पोलियोको रोग देखा नपर्ने गरेर सावधानीपूर्वक काम गर्न स्वास्थ्यकर्मीसँग आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले  मन्त्रालयले केन्द्रदेखि क्षेत्रीय र जिल्लास्तरका अस्पतालमा विद्युतीय हाजिरी रेकर्ड राख्न लागेको जानकारी दिँदै चिकित्सकले कार्यालय समय अवधिभर आफ्नो कार्यक्षेत्रमा रही जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–जनताले पाउने स्वास्थ्य सेवासँग अब कसैले पनि खेलबाड गर्न पाउँदैन ।

कार्यक्रममा मन्त्रालयका सचिव डा प्रवीण मिश्र, बाल स्वास्थ्य महाशाखाका निर्देशक डा श्यामराज उप्रेती, क्षेत्रीय स्वास्थ्य निर्देशक डा रमेशकुमार पोखरेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि पोखराको चिप्लेढुङ्गाबाट विभिन्न विद्यालयका छात्रछात्रा, स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारी सम्मिलित पदयात्रा नगर परिक्रमापछि पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।