१९ कार्तिक २०८३, बिहिबार

असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधन गरौँ : राप्रपा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati Shamsher Rana Rppकाठमाडौं, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढ र विकास गर्न नोपलको संविधान २०७२ को सफल कार्यान्वयनका लागि मुलुकमा, स्थानीय, प्रान्तीय र संघीय निर्वाचन अपरिहार्य भएको जनाएको छ ।

प्रथम संविधान दिवसको पूर्वसन्ध्यामा राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणाले आइतबार वक्तव्य जारी गरेर सरकार, राजनीतिक दल र सम्बन्ध पक्ष जागरुक रुपमा तयार रहनु आवश्यक रहेको जनाउनु भएको हो । उहाँले संविधान दिवसका अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिनुभएको छ ।

‘असन्तुष्ट पक्षका भावना र विचारलाई समेत समेट्दै संविधान संशोधनको माध्यमद्वारा उनीहरूको माग संशोधन गर्न आवश्यक देखिन्छ’, विज्ञप्तिमा अध्यक्ष राणाले भन्नुभएको छ ।

संविधानको सफल कार्यान्वयन गरी देशका राजनीतिक स्थिर दिगो शान्ति र आर्थिक समृद्धिको लागि राप्रपाले आफ्नो तर्फबाट दृढ र प्रतिवद्धता रहेको राणाले जनाउनुभएको छ ।