१९ कार्तिक २०८३, बिहिबार

दसैँमा अपाङ्ग मैत्री यातायातको माग

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14324386_1196051450437259_5731370301339431432_oकाठमाडौं, १ असोज । राष्ट्रिय अपांग कोष र खगेन्द्र नवजीवन केन्द्रको आयोजनामा सडक सुरक्षासम्बन्धी अन्र्तक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौंको जोरपाटीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि महानगरीय ट्राफिक प्रहरीका वरिष्ठ नायव उपरीक्षक लोकेन्द्रबहादुर मल्लले सार्वजनिक यातायातमा अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्न तथा अन्य आरक्षणको नीतिगतरुपमा व्यवस्थालाई पालना गर्न र गराउन निरन्तर लागिरहेको बताउनु भयो ।

सरोकारवाला निकायलाई ध्यानाकर्षण गरी उत्पन्न समस्याहरुको गंभिररुपले आफ्नो ट्राफिक प्रहरीहरुलाई सु–सुचित पार्न सरोकारवाला निकायसंग सधै समन्वय गर्न तत्पर रहेको बताउनु भयो ।

नेपाल अपांग संघका केन्द्रीय अध्यक्ष मोहन महर्जनले नेपालमा अपांगता मैत्री सडक र यातायात ब्यवस्थापमा जोड दिनु पर्ने बताउनु भयो ।

राष्ट्रिय अपांग कोषका सदस्य सचिव यमनाथ मैनालीले अपांगताको सवालमा वकालत गर्दै आएका अग्रज अभियान्ताहरुको योगदानलाई प्रभावकारी बनाउन सबै मिलेर आरक्षण लगायतका हरेक एजेण्डाहरुलाई कार्यन्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाले दशैमा लामो दूरीमा चल्ने सवारी साधनमा टिकट उपलब्धतामा सहज हुनेकी नहुने त्यस्को लागि पहल कस्ले गर्ने ? भनेर प्रश्न गर्नुभयो ।

ह्वील चियर प्रयोगकर्ताको सार्वजनिक यातायातमा पहुँच सम्वन्धमा अवस्था कस्तो छ ? यस बारेमा राज्यले अविलम्व दायित्वबोध गर्नु पर्छ ? भन्दै सचिव मैनालीले अपाङग मैत्री यातायातको माग गर्नुभयो ।