१९ कार्तिक २०८३, बिहिबार

बुहारीसँग चौरमै यौनसम्पर्क गरेको देखेपछि ससुराले रिस थाम्न सकेनन्, त्यसपछि…

15.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gun Goliधनकुटा, १ असोज । धनकुटा जिल्लाको डाडाँगाउँ गाविस– १ मा कान्छी बुहारीसँग खुला चौरमा यौन क्रियाकलाप गरेको देखेपछि ससुराले रिस थाम्न नसकेर युवकलाई बन्दुक प्रहार गरेर हत्या गरिदिएका छन् ।

धनकुटा नगरपालिका– १४ बेलहरा निवासी २६ वर्षीय प्रेम भण्डारीलाई कान्छी बुहारीसँग यौनसम्पर्क गर्दै गरेको अवस्थामा ४८ वर्षीय ससुरा चक्र भनिने खड्कबहादुर गुरुङले फेला पारेपछि गोली हानेर हत्या गरेको प्रहरी उपरीक्षक विभूतीराज पाण्डेले जानकारी दिए । गुरुङलाई आज बिहान पक्राउ गरिएको छ ।

गरुङका कान्छा छोरा वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । कान्छी बुहारीलाई ललाई फकाई भण्डारीले पटक पटक यौनसम्पर्क गर्ने गरेको गुरुङले प्रहरी समक्ष बयान दिएका छन् ।

मृत्यु भएका भण्डारी डाँडागाउँ गाविस क्षेत्रमा ट्यक्टर चलाउँदै आएका थिए । गोली हानेर हत्या गरिएका भण्डारीको शव घटनास्थल नजिकै रहेको खोल्सीमा लगेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।