कपिलवस्तु, १ असोज । अपाङ्गता भएका रामु घर्ती न्याय खोज्दै भौतारी रहेका छन । शिवराज नगरपालिका ११ निवासि रामु घर्ती यतीबेला कानुनि साहायताका लागि यता उता भौतारीन बाध्य छन ।
सानै उमेरमा अपाङ्गताको सिकार भएका रामु १० वर्षको हुँदा आमा गुमाउन पुगे । आमा गुमाएको घाऊ सेलाउन नपाउदै ६ महिनाकी सानि बहिनीलाई पनि गुमाउन पुगे ।
अहिले २८ वर्ष पुगेका रामु दिनहुँजसो सौतेली आमा धनमाया घर्तीको ब्यवहारबाट तनावमा जिउन बाध्य छन । आफै हिडडुल गर्न नसक्ने भएपछि दैनिक सौतिलो आमाकबाट खाना खान नदिने भएकोले अरुसंग मागेर गुजारा चलाईरहेको रामु घर्तीले बताउछन ।
आफ्नै घरमा बस्न नसक्ने अवस्था श्रीजना भएपछि गाउलेहरुसंग हारगुहार गरी घरमै बस्ने र लालन पोषण गर्र्ने सहमति भएको रामुले बताउछ । पटक पटक भएको सहमती कागज अनुसार घरमा सौतेनि आमाको ब्यवहार परिवर्तन नभएपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा समेत उजुरी दर्ता गरेको रामुले बताउछन । वडा प्रहरी कार्यालयमा पटक पटक छलफल गराउदा सम्म पनि ब्यवहार जस्ताको त्यस्तै भएको भन्दै न्याय खोज्दै हिडेको रामु घर्तीले बताउछन ।
घर्तीको बुबा रन बहादुर घर्ती भारतीय सेनाबाट अवकास प्राप्त कर्मचारी भएकोले ६ मासिक रु एक लाख पचास हजार पेन्सन पाउने गर्दछन । बुबाले दिनभरी रक्सी खाने र सौतेनि आमाको छोरीहरुलाई मात्र पैसा दिने आफुलाई भने एक रुपैया सम्म दिन नखोज्ने रामुले बताउछन । त्यसैले आफुलाई न्याय दिलाईदिनका लागि सम्पुर्ण सरोकार पक्षलाई अपिल समेत गरेका छन ।












प्रतिक्रिया