१९ कार्तिक २०८३, बिहिबार

‘जसलाई माओवादीले मर्‍यो भनी छाडेको थियो…’

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-aacharya

काठमाडौं, १ असोज । राजनीतिमा दल बल हुनेले मात्र छत्र छायाँ पाउँछ भन्ने मान्यतालाई चिर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा महामन्त्रीका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा भएको छ ।

कांग्रेस भ्रातृ संगठनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको भागवन्डाको आधारमा भ्रातृ संगठनहरुमा चुनाव हुने क्रम जारी रहेका बेला तरुण दलमा भने माओवादीपीडित युवाले महामन्त्रीमा उठ्ने दाबी गरेका छन् ।

काठमाडौंमा दशकअघि माओवादीबाट मरणसान्न हुनेगरी यातनामा परेका सुनसरीका बाबुराम आचार्यले कांग्रेसको राजनीतिमा अगाडी आउने तयारी गरेका छन् । उनले भने, ‘अब युवाले राजनीति गर्नुपर्छ र अघि आउनुपर्छ भन्ने मान्यता स्थापित गर्नुपर्छ भनी म तरुण दलको नेतृत्वमा आउन चाहिरहेको छु ।’

हिंसाको राजनीतिको विरोधमा सँधैभरी उभिएका आचार्यले भने,‘माओवादीको हिंसाको राजनीतिलाई समर्थन होइन, अब उसका विरुद्ध कसरी युवाहरुलाई अगाडी बढाउने भन्ने मान्यताका लागि म उभिन लागेको हुँ ।’

आचार्यलाई कांग्रेस भएकै कारण माओवादीले यातना दिएको थियो । ‘मर्यो भनी छाडेका थिए तर म बाँचे । म कांग्रेस भएका कारणले यातना पाएकाले आजीवन कांग्रेस हुँ, र प्रजातन्त्रको पक्षमा उभिने युवाहरुका लागि केही गरौं भन्ने मान्यता बोकेर हिँडेको छु ।’

डेढ दशकदेखि उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए । उनले युवाहरुका लागि स्वरोजगारमुलक अभियान संचालन गर्ने, ब्यावसाय मुलक तालिमको ब्यावस्था गर्न पहल गर्ने, रोजगारका लागी विदेश जाने प्रवृतीलाई निरुत्साहित गर्ने र युवाहरुलाई आफ्नै देशमा रोजगारीको अवसर उपलब्ध गराउने लगायतका प्रतिवद्धता ब्यक्त गरेका छन् ।