१९ कार्तिक २०८३, बिहिबार

भव्य भयो कालिकास्थान जात्रा (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kalikastan-jatra-8

काठमाडौं, १ असोज । राजधानीमा इन्द्रजात्रापछिको ठूलो कालिकास्थान जात्रा मनाइएको छ ।

डिल्लीबजार र कालिकास्थानका स्थानीय बासिन्दाको सक्रियतामा शुक्रबार मनाइएको जात्राको नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका सिंहले त्यसक्रममा कालिकास्थान मन्दिरमा विशेष पूजा गर्नुभयो ।

पूजा गरिसकेपछि उहाँले परापूर्व कालदेखि चलिआएको सांस्कृतिक धरोहरको संरक्षण गर्नुपर्नेमा जोड दिनुहुँदै यसले भाइचारालाई बढाउने बताउनुभयो । उहाँले भन्नुभयो– ‘संस्कृति संरक्षणमा भाईहरुको यो प्रयास देखेर मलाई एकदमै खुसी लागेको छ । मैले सक्ने सहयोग गर्छु ।’

करिब हजार भन्दा बढी मानिसहरुको सहभागिता रहेको जात्रामा महाकाली, चण्डी, लाखे, झ्यालीञ्चा नाँच प्रस्तुत गरिएको थियो ।

kalikastan-jatra-10

शुक्रबार राति १२ बजेसम्म चलेको जात्रा विभिन्न कलाहरु, झाकी प्रस्तुत र नाँचगानसहित भव्यताका साथ मनाइएको कालिकास्थान जात्रा आयोजक समितिका संयोजक सुरज भट्टराईले बताउनुभयो ।

‘हामीले आफै पहल गरेर आयोजना गरेको जात्रा सोचेको भन्दा पनि राम्रो भयो,’ उहाँले भन्नुभयो– ‘नेवारी कल्चर भएपनि बाहुन, क्षेत्री सबैले सहयोग गरे, सहभागिता जनाए । तर, राज्यको कुनै सहयोग पाएनौं । राज्यबाट कुनै सहयोग नपाएपनि स्थानीयसँग मिलेर हामीले युगौदेखि चलिरहेको संस्कृतिलाई निरन्तरता दियौ । जात्रा भव्य रुपमा सम्पन्न भयो । ’

स्थानीयले चन्दा उठाएर आयोजना गरिएको जात्रामा करिब साढे चार लाख रुपैयाँ खर्च भएको संयोजक भट्टराईले जानकारी दिनुभयो ।

kalikastan-jatrakalikastan-jatra-9 kalikastan-jatra-1 kalikastan-jatra-2 kalikastan-jatra-3 kalikastan-jatra-5 kalikastan-jatra-6 kalikastan-jatra-7    kalikastan-jatra-11 kalikastan-jatra-12 kalikastan-jatra-13 kalikastan-jatra-14 kalikastan-mandir