२९ आश्विन २०८३, बिहिबार

‘सञ्चार उद्यमी सिंघानियाको हत्यामा सभासद् साहकै संलग्नता’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya-Saha-Takla

जनकपुर । सञ्चार उद्यमी अरुण सिँघानियाको हत्या घटनाको पाटोसमेत सञ्जयकुमार साह र उनका निकट सहयोगीसँग भिडिने सम्भावना रहेको प्रहरीले आशंका गरेको छ ।

हत्यामा प्रयोग गरिएका प्रमुख सुटर पक्राउ परेपछि उनले दिएको बयानका आधारमा साहका निकट सहयोगीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । धनुषाको वीरेन्द्र बजारका विनोद यादवको हत्यामा संलग्न रहेको अन्सी राइन पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा हत्यामा सुटरका रुपमा प्रयोग गरिएका वीरेन्द्र बजारका एकवाल भनिने योगेन्द्र सहनीलाई पक्राउ गरेर अनुसनधान सुरु गरेको छ ।

सिँघानियाका पुत्र राहुलसमेतको जाहेरी र वादी नेपाल सरकार र प्रतिवादी सहनीलाई जिल्ला अदालत धनुषाबाट पाँचदिने म्याद थप गरी अनुसनधान सुरु गरिएको हो । अन्सी राइनले गरेको बयानको आधारमा प्रहरीले सो घटनामा साहका निकट रहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य रामविनोद याद यादव, फोरम (लोकतान्त्रिक)का जिल्ला उपाधयक्ष चन्द्रदीप यादव, भरतपुर–८ का दीपेन्द्र यादव, भरतपुर मालटोलका टेकबहादुर लामा र उमाप्रेमपुरका मनक लामाको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको सो घटनामा संलग्नता हुन सक्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले सिँघानिया हत्याको अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी भइरहेको जानकारी दिनुभयो ।