१९ कार्तिक २०८३, बिहिबार

तरुण दल गोरखामा थापा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tarun-dalगोरखा, १ असोज । नेपाल तरुण दल गोरखाका अध्यक्षमा यमबहादुर थापा विजयी हुनुभएको छ ।

शुक्रबार सदरमुकाममा भएको चौथो अधिवेशनले उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा चित्रप्रसाद भट्ट र कोषाध्यक्षमा प्रेम तामाङलाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिनुभयो ।

यस्तै अधिवेशनले कमलप्रसाद अम्गाईँ, जगत बराम, गौरी तामाङ, शान्ति रिजाल, चेतबहादुर गुरुङ, सरोज परियार र रीता अधिकारीलाई केन्द्रीय पार्षद्का रुपमा चयन गरेको छ ।

अध्यक्षमा विजयी हुनुभएका थापा माओवादीका पूर्वलडाकु हुनुहुन्छ । उहाँ विसं २०७० मा तत्कालीन नेकपा(माओवादी) परित्याग गरी काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

यस्तै तरुण दलको क्षेत्रीय सभापतिमा क्षेत्र नं १ बाट प्रवीण बस्नेत, २ बाट लोकबहादुर लिम्बू र ३ बाट गजे घले सर्वसम्मत रुपमा चयन हुनुभएको छ । रासस