– मोहन विष्ट
महेन्द्रनगर, ३१ भदौ । प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा राजेन्द्र प्रसाद अवस्थी चयन भएका छन् । शुक्रबार प्रेस सेन्टर नेपाल कञ्चनपुरको पाँचौँ जिल्ला अधिवेशनबाट अवस्थी अध्यक्षमा चयन भएका हुन् ।
उपाध्यक्षमा उमेशराज अवस्थी, अरुण भट्ट र प्रेम नेपाली रहेका छन् । सचिवमा धर्मराज कठायत चयन भएका छन् । सह–सचिवमा भाष्कर केसी र खडक कोली, कोषाध्यक्ष यशोदा बोहरा, सह-कोषाध्यक्षमा पहिलाद राना र कृष्ण नेपाली चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रकास अवस्थी, बिमल धामी, राजेन्द्र विष्ट, रमिता चन्द, बिर बहादुर ऐरी, सरस्वती भट्ट, राजमती जोशी मनिसा जोशी, दीपक अवस्थी, माधव भट्ट, रोहित ठगुन्ना र नरेश नेपाली चयन भएका छन् ।
यस्तै प्रदेश सात नम्बर प्रदेशको प्रतिनिधीमा चुडामणी अर्याल, मोहन विष्ट, प्रेम नेपाली, राजेन्द्र पनेरु, यशोदा बोहरा, प्रकास भट्ट, उमेश अवस्थी, भाष्कर केसी, धर्मराज कठायत, अरुण भट्ट रहेका छन् ।
यस्तै केन्द्रीय प्रतिनिधिमा विष्णू अवस्थी, राम सिह ठगुन्ना, रोशन खडका, गणेश भट्ट, श्याम भट्ट, देवराज साउद, कृष्णदत्त जोशीलाई छनौट गरिएको छ । यस्तै सल्लाहकार तर्फ यज्ञराज जोशी, अशोक पाण्डे, राजेन्द्र पनेरु, डिल्ली पन्त, राजुराम सार्की र लवदेव जोशीलाई चयन गरिएको छ ।
यस्तै भेलाले पाँच बुदे घोषणा पत्र समेत जारी गरेको छ । श्रमजिवि पत्रकारहरुलाई पेन्सनको व्यवस्थापनका साथै विभिन्न पाँच बुदे घोषणा पत्र समेत जारि गरिएको प्रेस सेन्टर नेपालका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले बताए ।
उनका अनुसार श्रमजिवि पत्रकार ऐन लागु गरिपर्ने, लोककल्याणकारी विज्ञानलाई स्थानिय स्तरमा न्योचित वितरण हुनुपर्ने, पत्रकारहरुको बिमा हुनुपर्ने, लगायतको घोषणा पत्र जारी गरिएको छ ।













प्रतिक्रिया