१९ कार्तिक २०८३, बिहिबार

रामेछापको मन्थलीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tractor-accident

– नवराज श्रेष्ठ

रामेछाप, ३१ भदौ । रामेछाप जिल्लामा ट्याक्टर दुर्घटनाहुदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।

सदरमुकाम मन्थलीबाट विजुलीको तार र खानेपाीको पाइप बोकेर बडिमुहानतर्फ जाँदै गरेको ना ५त७७५८नम्बरको ट्याक्टर मन्थली नगरपलिका १३ बडिमुहानमा दुर्घटना हुदाँ सिन्धुली जिल्ला बाहुनतिल्पुङ घर भएका ट्याक्टरका सहयोगी १५ बर्षिय नविन कार्किको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रेम जोसीले जानकारी दिए । दुर्घटनामा परि ट्याक्टरमा सवार रहेका मन्थली नगरपालिका १३ का काजीदाश श्रेष्ठ, बाबुराम वि.क, शम्भु रम्तेल र निलहरी राम घाइते भएका छन् ।

घाइते मध्य काजीदाश श्रेष्ठ र बाबुराम विक दुवैको टाउकोमा गहिरो चोट लाग्नुका साथै हात भाँचिएको छ भने शम्भु रम्तेलको हात भाँचिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

घटनामा परि घाईते हुने ४ जना मध्य २ जनालाई सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पतालमा सामान्य उपचारपछि घर पठाईएको छ भने २ जनाको अस्पतालमै उपचार भैरहेका प्रहरीले जनाएको छ ।

ट्याक्टर उकालोबाटोमा कन्ट्रोल हुन नसक्दा करिव १ सय मिटर तल झरेको प्रहरीको भनाई छ । ट्याक्टर चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।