१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा चोरीका आरोपी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3– कृष्ण ओझा

पाँचथर, ३१ भदौ । पाँचथर प्रहरीले चोरीको आरोपमा दूइ जना ब्यक्ती लाइ पक्राउ गरेको छ । फिदिम नगरपालिका ६ निवासी १८ बर्षीय विशाल राई र १७ बर्षीय कमल राईलाई चोरी गरेको निबेदनको आधारमा बुधबार पक्राउ गरिएको हो ।

फिदिम नगरपालीका ६ सरसिउला का मैया देवी गूरागाइको घरमा चोरी भएकोथियो । चोरीको जाहेरीको आधारमा अनूसन्धाका लागी आरोपीलाइ २९ गते पक्राउ गरीएको डिएपी नहकूल पोखरेलले बताए ।

प्रहरीको सोध पूच्को क्रममा आरोपीले आफूले चोरी गरेको सामान गोप्य स्थानमा लूका छिपाइ राखेको बयान दिएका थिए ।

प्रहरीले खोजतलास पछि सामान फेला पारेको हो । फेला पारेका सामानहरु एक सय का रीर्चाज कार्ड २ थान, ५ सय दरका नोट २ थान, एक सय दरका नोट ८ थान, ५० दरका नोट ६ थान,साथै हातमा लगाउने सूनको चूरा थान एक, औंठी थान २, सिक्री लकेट सहित थान १ र कानमा लगाउने झूम्का सहित सिक्री थान १ लूकाइ राखेको अवस्थामा बरामत गरेको हो ।

पक्राउ परेका दूवैलाइ चोरी मूद्धामा जिल्लाअदालतमा म्याद थप गरी आवस्यक अनूसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।