३१ आश्विन २०८३, शनिबार

भलिबलमा दुई विभागीय टिम एपीएफ र पुलिस क्वाटरफाइनलमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

01काठमाडौँ, ३० भदौ । दुई विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट पुलिस र समूह ‘बि’ बाट एपीएफ समूह बिजेता क्वाटरफाइनलमा पुगेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा बिहिबार भएको लिगको अन्तिम खेलमा काठमाडौँको बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सेटमा पराजित एपीएफ समूह बिजेता बनेको हो ।

लिगको पहिलो खेलमा ढोरपाटनलाई हराएको एपीएफले बुढानिलकण्ठलाई २५–२०, २५–१८ र २५–१६ को सेटमा पाखा लगाए ।

यस समूहबाट एक खेलमा जित एक हार बेहोरेको ढोरपाटन उपविजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गर्यो । बुढानिलकण्ठ समूह चरणबाट बाहिरियो ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत समूह बिजेता बन्दै क्वाटरफाइनलमा पुग्ने क्रममा बिहिबार पुलिसले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० को सेटमै पराजित गर्यो ।

मणिमुकुन्दबिरुद्ध पुलिसले २५–२० , २५–२२ र २५–१८ को सेटमा जित निकाल्यो । समूह ए बाट पुलिससंग पराजित मणिमुकुन्द पनि समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा पुग्न सफल भयो । यस समूहबाट दुवै खेल गुमाएको काभ्रे भलिबल संघ अंकबिहिन हुदै प्रतियोगिताबाट बाहिरियो ।

यस्तै पुरुष तर्फनै समूह डी बाट पश्चिमाञ्चल भलिबल संघ समूह बिजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । बिहिबार भएको खेलमा नयाँ बजार भलिबल संघलाई २५ – २१, २५ – १७ र २६ – २४ को सेटमा पराजित गर्दै पश्चिमाञ्चल समूह बिजेता बनेको हो ।

पश्चिमाञ्चलसंग पराजित भएपनि नयाँ बजार उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । नयाँ बजारले प्रगतिशील युथ क्लबलाई पराजित गरेको थियो ।

नेपाल भलिबल संघको वार्षिक क्यालेन्डर अनुसारको च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा पुग्यो ।

बिहिबार भएको खेलमा प्रगतिशील युथ क्लबलाई ३ – ० को सेटमा पराजित गर्दै आर्मी महिलाको समुह ए को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । आर्मीले प्रगतिशीलमाथी २५ – ६ , २५ – ९ र २५ – ८ को सेटमा पराजित गर्यो । महिलातर्फ समूह ए बाट न्यूडाइमण्ड एकेडमी यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले ट्रफीसहित नगद १ लाख २५ हजार रुपैयाँ जित्ने छन् । त्यस्तै उपविजेताले नगद ७० हजार रुपैयाँ जित्ने छन् ।