१९ कार्तिक २०८३, बिहिबार

एमाले क्षेत्रीय अधिवेशनको तयारी पूरा, महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्ने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokhrel-office-final-fial

– मोहन पौडेल

नवलपरासी, ३० भदौ । नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं ४ नवलपरासीको दोस्रो क्षत्रिय अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताईएको छ ।

क्षेत्रीय अधिवेशन भोली र पर्सी दुई दिन जिल्लाको सदरमुकाम परासीस्थित परासी क्याम्पसको प्रांगढमा हुने र अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय महासचिव ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको एमाले क्षत्रिय कमिटी क्षेत्र नं. ४ ले आज परासीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । क्षेत्र न. ४ अन्तरगतका दुई नगरपालिका, पाँच वटा गाउँ विकास समितिका विभिन्न वडाहरुबाट छनौट भएका तीन सय जना प्रतिनिधिले भाग लिने क्षेत्रीय अध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभएको छ ।

अधिवेशनका लागि प्रतिनिधि छनौट, स्वयम्सेवक परिचालनको व्यवस्था, प्रमुख अतिथि लगायत अतिथिहरुको स्वागत सत्कार, मन्च निर्माण, खानपान लगायतका सम्पूर्ण व्यवस्थाको तयारी पुरा भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । अधिवेशनमा सहभागिताका लागि प्रचार प्रसार व्यपाक मात्रामा भईरहेको प्रचारप्रसार संयोजक रेशम शर्माले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यहरु वैजनाथ चौधरी, तिलक महत लगायतका नेताहरुको समेत सहभागिता रहने अधिवेशनमा उद्घाटन अघि विभिन्न जातजातिका भेषभुषा र सास्कृतिक नाचगान सहित बजार परिक्रमा गरिने क्षत्रिय समितिले जनाएको छ । अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने दावि गरिएको छ ।

यसैबीच सात वर्षपछि हुन लागेको क्षत्रिय अधिवेशनमा नयाँ नेतृत्वका लागि तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । नयाँ नेतृत्वका लागि आकांक्षीहरुले उम्मेदवारी नै घोषणा नगरे पनि प्रतिनिधिहरुसँग व्यक्तिगत भेटघाट गरि आफ्नो पक्षमा मत तान्ने प्रयास गरिरहेका छन ।

क्षेत्रिय अध्यक्षका लागि वर्तमान अध्यक्ष रामचन्द्र भण्डारी, उमानाथ पोखरेल, सुर्य दुवे लगायतको नाम चर्चामा छ ।