१९ कार्तिक २०८३, बिहिबार

ग्यास लिक हुँदा भक्तपुरमा महिला गम्भीर घाइते, आधार शरीर जल्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३० भदौ । चाँगुनारायण नगरपालिका–२ छालिङ बस्ने २६ वर्षीया देवकी भुजेल ग्यास लिक भएर आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएको छ ।

काभ्रे पाँचखाल तामाघाट–५ घर भई छालिङ बस्दै आएकी भुजेलले आफ्नै कोठामा खाना बनाउने क्रममा बुधबार साँझ ग्यास लिक भएर आगो लागेपछि उहाँले लगाएको लुगामा समेत आगो लाग्दा गम्भीर घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

आधार शरीर जलेर गम्भीर घाइते भएकी भुजेललाई भक्तपुर अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि शिक्षण अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । रासस