२८ कार्तिक २०८३, शनिबार

डा गोविन्द केसीका माग पूरा प्रचण्डले थाले गृहकार्य, मन्त्रीलाई यस्तो निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-dr-kc

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रका समस्या समाधान एवम् डा. गोविन्द केसीले उठाएका मागको सम्वोधनका लागि पहलकदमी लिनुभएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेल, केदारभक्त माथेमासहित आयोगका पदाधिकारी संलग्न टोलीसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा क्षेत्रका विभिन्न समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो ।

त्यस अवसरमा स्वास्थ्यमन्त्री थापाले डा केसीका माग सम्बोधन गर्न आफू तयार रहेको र त्यसको लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।