काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको औपचारिक राजकीय भ्रमण गर्नु अघि फेरि भारतीय सञ्चारमाध्यमहरूले नेपालका परराष्ट्र मन्त्रीको नाम गलत छापिदिएका छन् ।
भारतको प्रतिष्ठित एवम् नाम चलेको पत्रिका ‘द इण्डियन एक्प्रेस’ले आफ्नो सोमबारको अनलाइन संस्करणमा नेपालका ‘परराष्ट्रमन्त्री प्रकाश कमल दाहाल’ भनेर लेखेको छ ।
द इण्डियन एक्सप्रेसले आफ्नो समाचारको हेडलाइनमा ‘सुष्मा स्वराज मिट्स नेपाल फरेन मिनिष्टर प्रकाश कमल दाहाल’ भनिएको छ ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी स्वरुप आइतबार परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत नयाँदिल्ली गएका थिए । उनले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरेर भ्रमणको कार्यसूची तयार पारेका थिए ।
सो विषयमा भारतीय सञ्चारमाध्यमहरूले सामान्य स्थान दिएका छन् । तर द इण्डियन एक्सप्रेसले आफ्नो संस्करणमा नेपालका परराष्ट्र मन्त्रीको नाम गलत छापेर नेपालीहरूको आलोचना खेप्नु परेको छ ।











प्रतिक्रिया