२८ कार्तिक २०८३, शनिबार

कक्षा १२ को परीक्षाफल प्रकाशित, ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण (यसरी हेर्नुस् नतिजा)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

exam-board-1
काठमाडौं, २७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।

नतिजामा नियमिततर्फ एक लाख ७५ हजार ५९३ जना परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ जना परीक्षार्थी उतीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

त्यसैगरी, आंशिकतर्फ एक लाख २३ हजार १८१ जना परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७६३ जना परीक्षार्थी उतीर्ण भएको उनले बताए । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत र आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत परीक्षार्थी उतीर्ण भएका हुन् ।

परीक्षा उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख २० गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते हुने पनि उनले बताए । नतिजा थाहा पाउन मोबाइलमा एचएसइबी टाइप गरेर ३५५६६ मा एसएमएस गर्न सकिनेछ । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

यसरी हेर्नुस् नतिजा

विद्यार्थीहरुले आफ्नो परीक्षाफल www.neb.ntc.net.np, www.educationsansar.com, www.edusanjal.com,   तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी थाहा पाउन सकिने  छ ।