२८ कार्तिक २०८३, शनिबार

उत्तर कोरियाको आणविक परीक्षणको नेपालद्वारा विरोध, परीक्षण रोक्न आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

foreign-affairs-ministry
काठमाडौं, २७ भदौ । नेपाल सरकारले उत्तर कोरियाको पाँचौं आणविक परीक्षणको भत्सर्ना गर्दै सोमबार विज्ञप्ति जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को संकल्प र अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै उत्तर कोरियाले शुक्रबार गरेको आणविक परीक्षणको हामी भत्सर्ना गर्दछौ भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ- ‘आम विनाशकारी हतियारको पूर्ण निःशस्त्रीकरणको नीति लिएको नेपाल यस्ता परीक्षणको विरोध गर्छ । नेपाल सरकार उत्तर कोरिया सरकारलाई यस्ता परीक्षण रोक्न आग्रह गर्छ । नेपाल कोरियाली प्रायद्वीपमा शान्ति भएको हेर्न चाहन्छ ।’

उत्तर कोरियाले भर्खरै मात्र संसारकै अहिलेसम्मकै शक्तिशाली पाँचौं आणविक परीक्षण गरेको थियो । जो अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा फालेको मिसाइलभन्दा कैयौ गुणा शक्तिशाली भएको बताइएको छ ।