२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीज्यू ! ८ लाखको कुरा छाड्नुस् भूकम्प पीडितलाई तत्काल डेढ लाख दिनुस्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कांग्रेस सांसद रामहरि खतिवडा ।
कांग्रेस सांसद रामहरि खतिवडा ।

काठमाडौँ, २७ भदौ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसदहरुले भूकम्प पीडितलाई दसैं अगाडि एकमुष्ट रु एक लाख ५० हजार रकम दिन माग गरेका छन् ।

व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै काँग्रेस सांसद रामहरि खतिवडाले भने– ‘प्रधानमन्त्रीज्यू भूकम्प पीडितलाई ८ लाख पछि दिनुहोला । अहिले दसैं अगाडि तुरुन्त डेढ लाख दिनुस् ।’

खतिवडाले भूकम्पपीडितलाई दिने रकम घोषणामा सीमित रहेको भन्दै तीन दिन लगाएर सदरमुकाम पुगेर रकम लिन जानुपर्ने बाध्यताको अन्त्य गर्न दसैँ अगाडि एकमुष्ट रु एक लाख ५० हजार रकम दिन माग गरे ।