कञ्चनपुर, १२ भदौ । बेलौरी नगरपालिका–१२ नयाँबस्ती (भतपुरी) का दुई जनाले बिहीबार आत्महत्या गरेका छन् ।
नयाँबस्तीका २१ वर्षीय राजकुमार राना र १८ वर्षीया सङ्गीता रानाले आत्महत्या गरेका हुन् ।
राजकुमारले विषादी सेवन गरेर र सङ्गीताले झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक युवराज भण्डारीले बताउनुभयो ।
राजकुमारको हातमा सङ्गीताको नाम मेहन्दीले लेखिएको फेला परेकाले दुवै जनाले प्रेम सम्बन्धका कारण आत्महत्या गरेको हुनसक्ने बताइएको छ । दुवै जनाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लैजाने तयारी भइरहेको छ । रासस
















प्रतिक्रिया