वालिङ, २५ भदौ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अब हुने सबै तहको निर्वाचनमा नयाँ शक्ति पार्टी पहिलो पार्टीका रुपमा उदाउने दाबी गरेका छन् ।
नयाँ शक्ति पार्टी नेपाल स्याङ्जाले आज स्याङ्जाको वालिङमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि आर्थिक विकास’ विषयक एकदिने अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले ‘अब मुलुकलाई खाँचो आर्थिक विकास र समृद्धिको रहेको छ जसको नेतृत्व नयाँ शक्ति नेपालले गर्नेछ’ भने ।
अहिले जारी भएको संविधानमा केही त्रुटी रहेकाले सबै दल एक ठाउँमा उभिएर संविधान संशोधन तथा कार्यान्वयनका लागि लाग्नु अहिलेको आवश्यकता रहेको नेता भट्टराईको भनाइ थियो ।
‘नयाँ शक्ति नेपाल अहिले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दालाई सम्बोधन हुनेगरी नीति निर्माणमा लागिरहेको छ’ उनले भने ।
















प्रतिक्रिया