११ कार्तिक २०८३, बुधबार

ढुकुटी र सहकारीमा ठगी गर्नेलाई अब हदैसम्मको कारबाही हुने, बन्यो ऐन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailकाठमाडौं, २५ भदौ । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ ।

व्यढवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लार्य संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

संसदमा विधेयकमाथिको दफवार छलपलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिए ।