काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिनु दुर्भाग्यपूर्ण भएको बताएकी छन् ।
शुक्रबार एमालेको युवा तथा खेलकुद विभागको कार्यक्रमलाई सम्बोधन गर्दै सुजाताले चीनका राष्ट्रपति आउँछु भन्दा पनि सरकार परिवर्तन गरेर आउन नदिइएको बताइन् ।
‘मैले त भगवानसँग प्रार्थना गरेकी थिएँ– हे भगवान ओलीजीको सरकार ढले पनि सी जिनपिङको नेपाल भ्रमण नहुन्जेल ओलीको सरकार नढाल त्यसपछि ढले पनि ढलोस्’ उनले भनिन्- ‘तर, मानेनन् । आखिर जिनपिङ नआउने नै भए ।’
चीनका राष्ट्रपतिको भ्रमणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा धेरै चर्चा र आन्तरिक विकासमा सहयोग हुने थियो भन्दै कोइरालाले सरकार परिवर्तनकै कारण उनको भ्रमण नभएको बताइन् । ‘सी जिनपिङ नेपाल आउँछु भन्दा पनि आउन नदिने, भ्रमणको वातावरण नबनाउने भनेको नेपाल सिद्धिने बाटो भन्दै उनले यो हाम्रा लागि लाजमर्दो कुरा भएको बताइन् ।
















प्रतिक्रिया