काठमाडौं, १२ भदौ । एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले तीजमा ब्रत नबस्न नेपाली महिलाहरुलार्इ आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत हरितालिका तीजको शुभकामना दिँदै भट्टराईले भोकै व्रत बसेर स्वास्थ्यमा जोखिम नपार्न आग्रह गर्नुभएको हो । ब्रत बसेर फल मिल्ने भ्रम त्याग्न आग्रह गर्दै उहाँले पानीसमेत नपिई ब्रत बसेर आफ्नो स्वास्थ्यलाई जोखिममा पार्ने अन्ध विश्वासलाई सबैले त्याग्नै पर्ने बताउनुभयो ।
भट्टराईको आग्रह यस्तो छ -‘तीजको उपलक्ष्यमा सम्पूर्ण महिला दिदीवहिनीहरुमा सुखसम्वृद्धि र दीर्घायुको । हार्दिक शुभकामना ! अबको आधुनिक युगमा महिलाहरुले पुरुषको दीर्घायुकालागि पानी समेत नपिई व्रत बसेर आफ्नो स्वास्थ्यलाई जोखिममा पार्ने अन्धविश्वासलाई त्याग्नैपर्छ। महिलाहरुले जतिसुकै प्रार्थना गरे पनि नेपालमा पुरुषहरुको औषत आयु महिलाको भन्दा कम रहेको तथ्यलाई ध्यान दिने हो कि !’
















प्रतिक्रिया