काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका छन् ।
बिहीबार बसेको संसद बैठकलाई सम्बोधन गर्दै उनले तीन लाख रुपैयाँ अनुदान, अर्को तीन लाख रुपैयाँ सामूहिक जमानीमा निर्व्याजी र बाँकी २ लाख रुपैयाँ सहुलियतपूर्ण व्याजमा ऋण गरी ८ लाख रुपैयाँ भूकम्प पीडितलाई उपलब्ध गराउने योजना सुनाए ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले घोषण गरेको २ लाख रुपैयाँले घर बनाउन नपुग्ने बताउँदै सरकारले ८ लाख रुपैयाँसम्म सहयोग गर्न उनको भनाई छ ।
‘भूकम्प पीडितलाई राहत मिल्नेगरी मेरो सरकारले अनुदानसहित निर्व्याजी र सहुलियतपूर्ण व्याज गरी ८ लाख रुपैयाँसम्म उपलब्ध गराउछ,’ उनले भने– ‘भूकम्प पीडितले चाँडै यो पैसा पाउँछन् ।’












प्रतिक्रिया