११ कार्तिक २०८३, बुधबार

भ्रष्टाचार रोक्ने कानुन संशोधन हुनै सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharastacharकाठमाडौं, २१ भदौ । भ्रष्टाचारविरुद्धको महासन्धिलाई अनुमोदन गरेको ६ वर्षसम्म पनि व्यवस्थापिका संसदले महासन्धि कार्यान्वयका लागि बनाउनुपर्ने कानुन अझै बनाउन सकेको छैन ।

सन्धि कार्यान्वयनका लागि सातवटा नयाँ कानुन निर्माण गर्नुपर्छ भने २७ वटा विभिन्न कानुनमा संशोधन गर्नुपर्छ । राजधानी दैनिकले समाचार छापेको छ ।

तर, ६ वर्षसम्म पनि न त सरकारले यी कानुनको मस्यौदा निर्माणमा चासो दिएको छ, न त संसद नै कानुन बनाउन गम्भीर रहेको छ ।

महासन्धि कार्यन्वयनका लागि गरिनुपर्ने कानुनी तथा संस्थागत सुधारमा सरकार र संसदले चासे नदेखाएका कारण अन्तर्राष्ट्रिय प्रतिवद्धता कागजमै मात्र सीमित बनेको छ ।