११ कार्तिक २०८३, बुधबार

भुटानी शरणार्थीलाई नेपालमै राख्न अमेरिकाको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-saran-mahatकाठमाडौं, २० भदौ । अमेरिकी विदेश सहायकमन्त्री निशा देसाई विश्वालले तेस्रो मुलुकमा पुर्नस्थापनापछि बाँकी रहेका भुटानी शराणार्थीलाई नेपालमा राख्न आग्रह गरेकी छन् ।

अमेरिकी विदेशमन्त्री जोन केरीसँगै भारत आएकी विश्वाल शनिबार नेपाल आइपुगेकी हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेलगत्तै परराष्ट्र मन्त्री प्रकाशशरण महतसँगको भेटमा यस्तो धारणा व्यक्त गरेकी हुन् ।

संयुक्त राष्ट्रसंघको ७१ औं बैठकमा अमेरिकाले शरणार्थी सम्बन्धि विश्व सम्मेलन गर्न लागेको अवस्थामा यो विषयबारे जानकारी लिन अमेरिकी विदेश सहायक मन्त्री विश्वाल नेपाल आएकी हुन् ।

अमेरिकालगायत विभिन्न देशमा पुनस्र्थानापछि नेपालमा बाँकी रहेका करिब १० हजार भुटानी शरणार्थीलाई नेपालले नै राख्ने प्रतिवद्धता गर्छ कि भन्ने प्रश्न उनले गरेको परराष्ट्र अधिकारीले बताए ।

भुटान सरकारलाई अन्तर्राष्ट्रिय दबाब दिदै बाँकी रहेको आफ्ना नागरिकलाई घर फर्काउन दबाब दिनुपर्नेमा विश्वालले नेपालले नै राख्नु पर्ने धारणा व्यक्त गरेकी हुन् ।

परराष्ट्रमन्त्री डा.महतले नेपालले मानवीय आधारमा भुटानी शरणार्थीहरुलाई शरण दिएको र उनीहरुको हक अधिकारको सम्मान गर्दै आएको दोहार्‍याउँदै उनीहरु विना सर्त र ससम्मान आफ्नो देशमा जान पाउनुपर्ने नेपालको अडानमा अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग हुनुपर्ने बताएको उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

भुटानले आफ्ना नागरिकलाई विना सर्त स्वदेश फर्किने वातावरण मिलाउनुपर्ने नेपालको पुरानै अडान रहेको भन्दै मन्त्री महतले नेपालमै राख्नुपर्ने विश्वासको भनाईप्रति असन्तुष्टि समेत प्रकट गरेका थिए ।

अमेरिकाजस्तो शक्ति मुलुकले कुनै एक मुलुकले अन्यायमा परेर शरण लिएर बसेका नागरिकलाई त्यही मुलुकमा राख्नु भन्नु आफैमा अमिल्दो रहेको भन्दै यो विषयमा सम्मेलनमा थप कुरा हुने जवाफ महतले दिएको परराष्ट्र अधिकारीले बताए ।