११ कार्तिक २०८३, बुधबार

उपेन्द्र यादवको संघीय गठबन्धन विभाजन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha Upendra Yadavकाठमाडौं, २० भदौ । संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ ।

संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुगेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

आइतबार मधेसी मोर्चासहित बसेको संघीय गठबन्धनको बैठकले संविधान संशोधनका लागि मस्यौदा कमिटी गठन गरेको छ ।

तर मोर्चामा आवद्ध चार दलले सो निर्णयलाई अस्वीकार गर्दै कमिटी आवश्यक नै नरहेको बताएका छन् ।

संघीय गठबन्धनले संविधान संशोधनका लागि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ ।

कमिटीका संयोजक रहेका कर्णले आफूलाई सोबारे कुनै जानकारी नभएको भन्दै अस्वीकार गरेका छन् ।

सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि मस्यौदा कमिटीको कुनै आवश्यकता नरहेको भन्दै अस्वीकार गरे ।

तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले ड्राफ्टिङ कमिटी गठनबारे आफ्नो दललाई जानकारी नभएको बताए ।