३१ आश्विन २०८३, शनिबार

तीजको अवसरमा राजधानीमा लागूऔषध सेवन गरिरहेका ७ महिला पक्राउ

130.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teej-celebrationकाठमाडौं, १८ भदौ । तीजको अवसरमा राजधानीमा महिलाहरु लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कागेश्वरी मनहरा नगरपालिका–११ गोठाटारस्थित सेतो माइक्रो पार्क नजिक डेरा गरी बस्ने ओखलढुङ्गा मान भञ्ज्याङकी २१ वर्षीया पुनम खत्रीको कोठामा लागूऔषध सेवन गरीरहेको अवस्थामा शुक्रबार पुनमसमेत ७ महिला र १ पुरुष गरी ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साथै उक्त कोठाबाट प्रयोग गरी सकेको १३ वटा सिरन्ज, सिरिन्जमा प्रयोग हुने एम्पल, फेनारगन, डाइजोपाम गरी ३० थान लागूऔषध समेत बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।