११ कार्तिक २०८३, बुधबार

मरेको भनिएका शिशु यसरी बाँचे

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

banke_districtबाँके, १८ भदौ । मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पुर्‍याएका थिए । नागरिक दैनिकले समाचार छापेको छ ।

रूकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुर्‍याएका थिए ।

मेडिकल सञ्चालकले बच्चा नरोएको, नचलेको, शरीर निलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए ।

उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए । तर, खड्का दम्पतीले शिशु मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेको थिए ।

घाटमा पुगेर सहयोग मागेपछि स्थानीयले शिशुको दाहसंस्कारका लागि सहयोग गरेका थिए ।

तर, खाल्डो खन्दैगर्दा शिशु रोएपछि स्थानीय छाँगाबाट खसेझैं भए । उनीहरुले खड्का दम्पत्तिलाई शंका गर्दै प्रहरीलाई खबर गरे । र शिशुलाई प्रहरीको जिम्मा लगाए ।