रोल्पा । रोल्पामा चोरीका मोटरसाइकल भेटिन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले केही दिन यता गैरकानुनी तरिकाले चलाइएका चोरीका सवारी साधन नियन्त्रण गरिरहेको छ । ट्राफिक प्रहरीको पातलो उपस्थिति र चेकजाँचको अभाबका कारण रोल्पामा चोरीका मोटरसाइकलका प्रयोगकर्ता अधिक भएको अनुमान गरिएको छ । खासगरि, रोल्पा क्षेत्र नम्बर २ मा चोरीका मोटरसाइकल धेरै रहेको प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख नबिनराज राईले सूचनाका आधारमा चेकजाँच गरी मोटरसाइकल बरामद गर्ने काम जारी रहेको बताउनुभयो । उहाँका अनुसार, घर्र्तिगाउँ र लिबाङबाट चार वटा मोटरसाइकल बरामद भइसकेको छ ।














प्रतिक्रिया