– कमल शर्मा
दैलेख, १४ भदौ । दैलेख सदरमुकामका बिभिन्न दश स्थानमा सीसी क्यामेरा जडान गर्ने काम सुरु गरि उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम उद्घाटन नेपाल प्रहरीका मध्यपश्चिम प्रमुख डीआइजी माधवप्रसाद नेपालले गरेका हुन ।
दैलेखमा पछिल्लो समय अपराधिक घटना बढ्न थालेपछि सीसी क्यामेरासँगै सोलार बत्ती जडान गरिएको छ । जिल्लामा लागु औषध प्रयोग र ओसारपसार सँगै सदरमुकाम वरपर विभिन्न अपराधिक गतिविधिहरु बढ्न थालेपछि त्यसको निगरानीका लागी दरमुकाममा सि.सि. क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेख प्रमख डिएसपी बिरबहादुर वलीले बताए ।
बर्षे मेला संचालन भएको अबस्थामा गएको मंगलवार सदरमुकाम दैलेख बजारको गणेशचौक नजिक नारायण नगरपालिका १ का भूपेश थापालाई युवाहरुको समूहले धारीलो हतियार (चापड) प्रहार गरेर गम्भिर घाईते बनाएपछि सुरक्षा चिन्ता बढेसँगै प्रहरीले सि.सि. क्यामेरा जडान कार्यलाई तीव्रता दिएको थियो । करिव १४ लाखको लागतमा १० वटा स्थानहरुमा सीसी क्यामेरा जडान हुने भएको छ
दैलेख उद्योग बाणिज्य संघको अगुवाईमा यस्तो कार्य सुरु गरिएको हो । जिल्लाका राजनीति दलहरु, जिल्ला बिकास समिति, नारायण नगरपालिका, गैर सरकारी संस्था महासंघ, निर्माण व्यवसायि संघ, सुनचाँदी व्यवसायी संघ, सामाजिक सेवा केन्द्र सोसेक, एभरेष्ट क्लव लगायतका संघ संस्थाहरुको सहयोगमा सीसी क्यामेरा जडान गर्नका लागी आवश्यक सहयोग गरिएको छ । मध्यपश्चिमाञ्चलका प्रहरी प्रमुख माधव प्रसाद नेपालले क्यामेरा जडान पश्चात सदरमुकाम भित्र हुने चोरीका घटनाहरु, लुटपाट, सवारी दुर्घटना, महिला हिंसा, बालअधिकार हनन् लगायतका बिभिन्न घटनाहरु न्यूनिकरणमा निकै सहयोग पुग्ने बताए ।
आर्थिक बर्ष २०७२–०७३ मा स्थानीय बिकास मन्त्रालय बाट असारको अन्तीम समयमा सड्क सौय उर्जालागी बजेट आएपनि भर्खर मात्र उक्त कार्य सम्पन्न हुन लागेको हो । उज्यालो कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न स्थानहरुमा सोलार बत्ती जडान गरिएको छ । स्थानीय विकास मन्त्रालयकोे ६५ लाख, नारायण नगरपालिका कार्यालय दैलेखले ३० लाख उपभोक्ता समितिले १५ लाख जम्मा गरेर १ करोड लगातमा काम सुरु गरिएको हो ।

नारायण नगरपालिका प्रवेश गर्ने द्धारको रुपमा रहेको चुप्रा गेट देखि नारायण नगरपालिका ५ सोतको भैसीखोर बजार हुँदै कलेल चोक सम्म ८९ वटा सोलार बत्ती बाल्ने तयारी भएको र सोलार बत्तीले समेत सदरमुकामको सुरक्षामा महत्वपुर्ण काम गर्ने नारायण नगरपालीका कार्यालय दैलेखका अधिकृत निरक बहादुर रावलले जानकारी दिए ।
उद्योगी ब्यपारीहरुका दिन दिनै समान चोरी हुन थालेपछि उद्योग बाणिज्य संघ दैलेखले सीसी क्यामरा जडानका लागी दैलेख महोत्सव २०७३ आयोजना गरि रकम संकलनमार्फत उक्त कार्य थालीएको दैलेख उद्योग बाणिज्य संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए ।












प्रतिक्रिया