१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा विदेश जानेको लागि परामर्श डेस्क स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

help desk

-कृष्ण ओझा

पाँचथर, १४ भदौ । जिल्ला प्रहरी कार्यालय पाँचथर र सामुदायिक सेवाकेन्द्र पाँचथरले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि विशेष परामर्श दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पाँचथरमा परामर्श डेस्क स्थापना गरेका छन् ।

वैदेशिक रोजगारीका कारण कयौँको घरबार विग्रेको साथै सम्बन्ध विच्छेद गर्नेको संख्या समेत बढेको , अर्कैसँग विवाह गर्ने क्रम समेत बढिरहेको, अवैध यौन सम्बन्धका कारण हत्या, आत्महत्या तथा नवजातशिशुको हत्याका घट्ना समेत जिल्लामा प्रशस्तै घटिरहेका हुनाले, यिनै कुराहरुलाई ध्यानमा राख्दै वैदेशिक रोजगारीमा जानु पूर्व तथा गएपछि गर्नुपर्ने कामका विषयमा पाँचथर प्रहरीले परामर्श दिनथालेको हो ।

उक्त परामर्श डेस्कबाट बैदेशिक रोजगारीमा जाने तयारीमा रहेको व्यक्तिहरुलाई परामर्श समेत दिन थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

वैदेशिक रोजगारीमा जान राहदानी बनाउन राहदानीको आवेदनफारम भर्न, परराष्ट्र मन्त्रालय तथा अन्य जिल्लाबाट तत्काल राहदानी लिन सिफारिस लिन तथा तयार भएको राहदानी लिन आउनेहरुको जमघट हुने हुँदा जिल्लाप्रशासन कार्यालयमा परामर्श डेस्क स्थापना गरी दैनिक रुपमा परामर्श दिन थालिएको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले वताए ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुले भोगेका समस्याहरु, सुरक्षितसाथ दलालबाट नठगिई रोजगारी प्राप्तगर्ने उपाय, कानुनी प्रावधानहरु तथा अपनाउनुपर्ने सावधानी सहित परिवारबाट टाढा रहँदा घर परिवारमा सिर्जना हुने समस्याहरु, परिवारसँग लामो समय टेलिफोनमा समेत सम्पर्क नहुँदा उत्पन्न हुने समस्या, श्रीमान वा श्रीमतीका लागि यौनजन्य आवश्यकताको परिपूर्ति, बालबच्चालाई माया–ममताको खाँचो पर्ने लगायतका बिषयमा सोमबार स्थापना गरीएको हो ।

यो पहिलो पटक परामर्श डेस्कमा प्रहरी सहायकनिरीक्षक विमल प्रसाई र प्रहरी जवान गीता सारु मगरले राहदानीको काममा आएकाहरुलाई जानकारी गराएका थिए ।

दैनिकजसो वैदेशिक रोजगारीमा गएकाहरुबाट सिर्जित समस्याआउनथालेपछि यस्तो अभियानचलाइएको प्रहरी नायव उपरीक्षक कोइरालाको भनाई छ ।