काठमाडौँ, १३ भदौ । रक्षामन्त्रि बालकृष्ण खाँण र सँयुक्त राष्ट्रसँघका अण्डर सेक्रेटरी जनरन अतुल खारे बिच शिस्टाचार भेटघाट भएको छ ।
मन्त्रि खाँणकै कार्यकक्षमा भएको भेटघाटमा नेपालले अन्तराष्ट्रिय शान्ति प्रवद्र्धनमा निर्वाह गरेको भुमिका उपर विचार तथा विमर्श भएको र रक्षा मन्त्रिले अन्तराष्ट्रिय शान्ति सेनामा नेपाली सेनाको सहभागिता हालको स्तरबाट बढाई दोब्बर गर्न सकिने निति नेपाल सरकारको रहेको बताउनु भएको थियो ।
रक्षा मन्त्रि खाँणले नेपाली सेनालाई शान्ति सेनामा सिघ्र पठाउने गरि आवश्यक तयरी थालिसकेको पनि जानकारी गराउनु भएको थियो ।
भेटघाटको अवसरमा उप महासचिव खारेले नेपालले अन्तराष्ट्रिय शान्ति कायम गर्नकालागि सँयुक्त राष्ट्रसँघ मार्फत शान्ति सेनामा सहभागिता जनाई गरेको योगदानको सँयुक्त राष्ट्रसँघ एवम विश्व सामुदायले कदर गरेको बताउनु भयो ।
उहाँले आगामी दिनमा समेत रक्षा मन्त्रालय र नेपाली सेना सँगको सहयोग र सहकार्यमा शान्ति सेनाको तैनाथी तथा सेनालाई उपलब्घ गराउने तालिम लगायतका क्षेत्रमा सहयोग वृद्धि गर्दै लगिने बताउने भयो ।













प्रतिक्रिया