१९ कार्तिक २०८३, बिहिबार

अञ्चल अस्पतालका नक्कली डाक्टरविरुद्ध आरोपपत्र दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

काठमाडौँ, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पताल धनुषाका मेडिकल अधिकृत रामजी यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

सेवा प्रवेशका बेला एसआरकेजी कलेज भारत सीतामढीबाट सन् १९९८ मा आएस्सी प्रथम श्रेणीमा उत्तीर्ण गरेको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेकाले उनीविरुद्ध आरोपपत्र दर्ता गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार यादवले सोही प्रमाणपत्रका आधारमा नेपालमै एमबिबिएस अध्ययन गरेको तथा नेपाल मेडिकल काउन्सिलबाट काउन्सिल सदस्यता दर्ता नं प्राप्त गरी सरकारी अस्पतालमा करार नियुक्ति लिएका थिए । रासस