पोखरा,१३ भदौ । नेपाली नारीहरुको महानपर्व हरितालिका तीज शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम कास्की जिल्ला कार्यसमितिले भव्यरुपमा सम्पन्न गरेको छ ।
कास्की जिल्ला अध्यक्ष पदमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा हरिदेवी कोइराला रहनुभएको थियो ।
जिल्ला महिला अध्यक्ष गोमा रायमाझी निवर्तमान केन्द्रीय कोषाध्यक्ष केशबहादुर के .सी महिला उपाध्यक्ष उर्मिला खडका लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विशेष अतिथि तथा क्षेत्री समाज नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रा.डा.दिलबहादुर क्षेत्रीले विगतमा भएका सम्पूर्ण आन्दोलनका कार्यक्रम देखि संगठन निर्माणमा सहयोग पु¥याउनु भएका निवर्तमान केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार र प्रत्येक जिल्ला कार्यसमितिका व्यक्तिहरुलाई हदयदेखि नै धन्यवाद दिनु भएको थियो ।
नेतृत्व बलियो भएमा समाज अगडि बढाउन धेरै सरल र सजिलो हुने हिजो आफूहरुले शून्य अवस्थाबाट शुरु गरेर समाजलाई उचाईमा पु¥याउनुमा निवर्तमान केन्द्रीय महासचिवको ठूलो योगदान रहेको र केन्द्रीय टिम नै प्रमुख रहेको कुरा समेत बताउनु भएको थियो ।
हिजो जस्तै अब पनि समाजका हरेक गतिविधिमा साथ दिन सबैलाई आग्रह गर्नुभएको थियो । हिजो पनि हजारौं महिला दिदीबहिनीहरुले आफनो पोशाकमा पोखरा देखि काठमाण्डौं सम्म प्रदर्शन गर्नुभएको र अबका दिनमा पनि गर्नुपर्नेे कुरा बताउनु भयो ।
प्रमुख अतिथि हरिदेवी कोइरालले समाज हिजो जस्तै हुनुपर्ने आफू पनि हरेक ठाउँमा सहयोग गर्ने र आफ्नो पहिचान जोगाउन लागिपर्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
कार्यक्रमलाई स्वागत गर्दै कास्की जिल्ला कार्यसमितिका उपाध्यक्ष दिलबहादुर अधिकारीले अबका दिन पनि एकजुट भएर लाग्नु पर्ने भन्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष पदमबहादुर कार्कीले धन्यबाद सहित समापन गर्नुभएको थियो ।
कार्यक्रममा कास्की जिल्लाका लगभग ४५०० सयजना महिला, दिदीबहिनीहरु तथा दाजुभाईहरुको सहभागिता रहेको थियो ।













प्रतिक्रिया