१९ कार्तिक २०८३, बिहिबार

६० वर्षीय दासले विषादी सेवन गर्दा मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bisadi nepal Poisonगौशाला, १३ भदौ । महोत्तरी जिल्लाको धीरापुर गाविसमा विषादी सेवनबाट गएराति एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने ६० वर्षीय जीवछ दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

केही दिन अघि पत्नीको मृत्यु भएपछि एक्लै जीवन बिताउँदै आएका दासले गएराति तरकारी बारीमा हाल्ने नाम नखुलेको विषादी सेवन गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

गएराति करिब ९ बजे विषादी सेवनबाट सिकिस्त दासलाई छिमेकीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मृतक दासको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस