३१ आश्विन २०८३, शनिबार

‘विदेशी पोशाक’ लाउने प्रधानमन्त्री प्रचण्डलाई शंकर पोखरेलको सटिक प्रश्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-shankar-pokharel-1

काठमाडौं, १२ भदौ । नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले पोशाकमा ख्याल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले विदेशी पोशाक मानिने कोर्ट पाइन्ट लगाएर हिड्ने प्रचण्डलाई मर्यादाको ख्याल राख्न पनि सुझाव दिए ।

खासगरी राष्ट्रपति कार्यालयमा कांग्रेसका मन्त्रीहरुले सपथ लिँदा सबै दौरा सुरुवालमा तर, एक्ला प्रचण्ड कोर्ट पाइन्टमा उपस्थित हुँदा ‘भद्दा’ देखिएपछि चर्काे आलोचना भएको थियो ।

सोही प्रसंगमा एमाले नेता पोखरेलले औपचारिक समारोहमा लगाउने पोशाक पूर्ण र मर्यादित तथा मौलिकता झल्किने खालकको हुनुपर्ने सुझाव दिएका हुन् । उनले यो विषयमा प्रचण्डको ध्यान किन नगएको होला भनेर प्रश्न पनि गरेका छन् ।

उनले भनेका छन्– ‘औपचारिक समारोहमा लगाउने पोशाक पूर्ण र मर्यादित हुनु राम्रो हो । सम्भवभए मौलिकता झल्केको राम्रो । वर्तमान प्रमको ध्यान यसमा किन नगएको होला ?’

प्रधानमन्त्रीमा निर्वाचित हुँदा पनि प्रचण्डले कोर्ट पाइन्टमै सपथ लिएका थिए । जसको चर्काे आलोचना भएको थियो ।

यस्तो छ स्टाटस्: