१९ कार्तिक २०८३, बिहिबार

त्रिवि पदाधिकारीबाट प्रधानमन्त्रीको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौँ, १२ भदौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेट गरी विश्वविद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् ।

विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँको नेतृत्वमा गएको टोलीले त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिँदै विश्वविद्यालयको गतिविधिबारे अवगत गराएको हो ।

सो अवसरमा विश्वविद्यालयका पदाधिकारीले संसारकै ठूलो विश्वविद्यालयको रुपमा छवि बनाएको त्रिविलाई थप प्रवद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले विश्वविद्यालयको छवि र गरिमालाई थप उचाइमा पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

विश्वविद्यालयको चासोप्रति प्रधानमन्त्री अत्यन्तै सकारात्मक रहेको र सरकारले गर्नुपर्ने सबैखालका सहयोग गर्न उहाँले तत्परता देखाउनुभएको भेटपछि उपकुलपति खनियाँले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“संसारकै ठूलो विश्वविद्यालयप्रति सरकारको विशेष ध्यान जाओस्, विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्राज्ञिक दृष्टिकोणबाट होस्, त्यसका लागि प्रधानमन्त्रीबाट दलहरुसँग संयोजन गरी सकारात्मक सहयोग र सद्भाव प्राप्त होस् भनी अनुरोध गर्दा सबै विषयमा प्रधानमन्त्री सकारात्मक रहेको पायौं” – उपकुलपति खनियाँले भन्नुभयो । रासस