३१ आश्विन २०८३, शनिबार

विमलेन्द्र निधिले भारतसँग के-के मागे ? भारतीय मिडियाको सनसनीपूर्ण खुलासा

47.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi and nidhi

काठमाडौं, ६ भदौ । सम्बन्ध सुधारका लागि भन्दै सरकारको विशेष दूतका रुपमा भदौ २ गते भारत भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतसँग सहयोग मागेको खुलासा भएको छ ।

उनले नेपालको संविधान विवाद सुल्झाउन भारतसँग सहयोग मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको चर्चित पत्रिका अमर उजालामा सोमबार प्रकाशित समाचार नेपालमा समेत निकै भाइरल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालका दूत निधिलाई धेरै नेपालीहरुले राष्ट्रिय स्वाभिमानको ख्याल नगरी आन्तरिक कुरामा सहयोग मागेको भन्दै कडा आलोचना गरिरहेका छन् ।

सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखिएको समाचारमा निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा नेपालको नयाँ संविधानमाथि सर्वमान्य समाधान खोज्नका लागि भारतको साथ मागेको उल्लेख छ । समाचार निधिले भारतीय गृहमन्त्री नेपालमा भारतबाट आपूर्ति बढाउन आग्रह समेत गरेको उल्लेख छ ।

यसअघि आइतबार नेकपा एमालेले भारतमा नेपालको संविधान संशोधनबारे दूतमार्फत छलफल गरेको भन्दै प्रचण्ड सरकारको व्यवस्थापिका संसदमै कडा आलोचना गरेको थियो ।

यस्तो छ समाचारः

indian-news-1