काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसमा कोइराला परिवारको विश्वास जित्नेमा केन्द्रीय सदस्य तथा सांसद दीपक गिरी अब्बल मानिएका छन् । उनलाई अहिलेसम्म कसैले उछिन्न सकेका छैनन् ।
दाङ क्षेत्र नम्बर पाँचबाट संसदमा प्रतिनिधित्व गर्ने गिरी र बीपी कोइरालाका पुत्र डा.शशांक कोइरालावीच निकै घनिष्ठता छ । हुन त गिरी र डा.कोइरालामा सार्वजनिक स्थानमा भाषण गर्ने कला छैन भने कटु आलोचना हुने गरेको छ । हरेक बेला सँगै देखिने गिरी र डा.कोइरालाको घर काठमाडौंको टोखामा पनि एकै ठाउँमा छ ।
डा.कोइराला र गिरीवीचको घनिष्ठ मित्रताको परिणाम गिरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको सरकारमा कांग्रेसका तर्फबाट मन्त्री बन्ने मौका पाउँदैछन् । कोइराला परिवारको विश्वास जित्ने दीपक गिरी एक मात्रै सांसद बनेकोमा धेरै चकित परेका छन् ।
स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री एवम् बीपी पुत्र डा.कोइरालासँग एक जना मन्त्रीको नाम मागेका थिए । डा.कोइरालाले कोइराला परिवारका तर्फबाट दीपक गिरीको नाम मन्त्रीमा सिफारिस गरेका हुन् ।
सभापति देउवाले कोइराला परिवारको अस्तित्व र महामन्त्री डा.कोइरालाको मानकाखातिर एक जना मन्त्री दिएका हुन् । कोइराला परिवारबाट दीपक गिरी मन्त्री बन्ने पक्का रहेको स्रोतको भनाइ छ । स्रोतको दाबी अनुसार गिरीलाई श्रम मन्त्रालयको जिम्मेवारी तयारी भएको छ ।
कोइराला परिवारको तर्फबाट दीपक गिरी मन्त्री बन्न लागेको विषयमा भने कोइराला परिवारका डा.शशांक कोइराला, सुजाता कोइरालाले केही प्रतिक्रिया दिएका छैनन् ।
आरक्षणको राजनीति गर्दै आएका कांग्रेस नेता गिरी दुई पटक कोटाबाट केन्द्रीय सदस्य बनेका हुन् । प्रतिस्पर्धामा जान डराउने गिरीका धेरै आलोचक रहेको दाङका नेताहरूको भनाइ छ ।















प्रतिक्रिया