११ कार्तिक २०८३, बुधबार

चर्चित व्यापारी फेरि भागे, भारतमा लुकेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pawan kumar Sanghaiकाठमाडौं, २६ साउन । अवैध लागूऔषध तस्करीको अभियोगमा अनुसन्धानमा परेका चर्चित व्यापारिक घराना संघाई समूहका अध्यक्ष पवनकुमार संघाई विदेश भागेका छन् ।

प्रहरी अनुसन्धान बढाएपछि शक्तिकेन्द्रको आडामा जोगिन विदेश भागेको प्रहरी स्रोतले बताएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

लागूऔषध व्युरो स्रोतका अनुसार संघाइ हाल छिमेकी मुलुक भारतमा लुकेर बसेका छन् ।

लागूऔषध कारोबार गरेको अभियोगमा सो समूहका रतन संघाइलाई पक्राउ गरेलगत्तैदेखि अध्यक्ष पवनको फोन नेपालमा प्रयोग नभएको कारण उनी विदेश भागेको अनुमान प्रहरीको छ ।

नेपाल भारतमा रहको व्यपारिक प्रतिष्ठान पनि हेर्न मिल्ने गरी उनी भारततर्फ फरार भएका कारण उनलाई गर्न नसकिएको प्रहरीको भनाइ छ ।

आगूऔषध तस्करी गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले एक साताअघि पवन संघाइ र उनको सबै कम्पनीको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ ।