११ कार्तिक २०८३, बुधबार

नेपालमा बिजुली नबाले पनि भारतलाई पैसा तिर्नुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Substationकाठमाडौं, २४ साउन । निर्माणाधीन २२० केभीको ढल्केबर सबस्टेसन निर्धारित समयमा पूरा नहुने भएपछि भारतबाट थप बिजुली ल्याउन असम्भव देखिएको छ ।

नेपाल र भारतबीच थप बिद्युत आयात गर्ने सहमति भएपनि पुसभित्र सबस्टेसनको काम सम्पन्न गर्ने लक्ष्य पूरा नभएकाले आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने अवस्था सिर्जना भएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा तत्काल ८० मेगावाट र डिसेम्बरदेखि थप १२० मेगावाट विद्युत ल्याउने सम्झौता भएको थियो ।

तर, सबस्टेसनको अभावमा बिजुली ल्याउन समस्या हुने देखिएको हो ।

सबस्टेसन निर्माण गरिरहेको ठेकेदार कम्पनीले डिसेम्बरभित्र निर्माण गर्न नसक्ने जानकारी नेपाल विद्युत प्राधिकरणलाई गराइसकेको छ ।

यसको विकल्पमा अघि बढाउन लागिएको मोबाइल सबस्टेसन निर्माणमा समेत समय लाग्ने भएकाले विद्युत आयात थप जटिल बनेको छ ।

सम्झौताअनुसार विद्युत आयात नगरेपनि नेपालले कबोल गरेअनुसार आयातीत बिजुलीको मूल्य अनिवार्य तिर्नुपर्ने हुन्छ । तर यसको मूल्य भने तय भइसकेको छैन ।