काठमाडौं, २४ साउन । हालै सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्त भएकी सपना मल्ला प्रधान राष्ट्रसंघीय निकायमा अझै पनि कार्यरत छिन् ।
एक साताअघि मात्रै सर्वोच्च अदालतको न्यायधीश भएकी प्रधान जेनेभास्थित यातनाविरुद्धको राष्ट्रसंघीय समिति (क्याट)मा स्वतन्त्र विज्ञ सदस्यका रुपमा कार्यरत छिन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
नेपाल सरकारले अधिकारकर्मी तथा बरिष्ठ अधिवक्ता रहेकी प्रधानलाई उक्त पदका लागि सन् २०१४ मा मनोनयन गरेको थियो ।
प्रधानले उक्त पदबाट हालसम्म राजीनामा नदिएको एक सरकारी अधिकारीले बताए ।
उनको पदावधि सन् २०१७ अक्टुबरसम्म छ । न्यायाधीश नियुक्त भइसकेपछि राष्ट्रसंघीय पदमा रहिरहनु उपयुक्त नहुने सरकारी अधिकारीको भनाई छ ।
‘प्रधानले राष्ट्रसंघीय समितिबाट राजीनामा दिनु भएको छैन । उहाँले व्यक्तिगत रुपमा राजीनामा दिएको भएपनि जानकारी गराउनु भएको छैन’, जेनेभास्थित नेपाली स्थायी नियोगका एक अधिकारीले टेलिफोनमा भने ।
न्यायाधीश व्यक्तिलाई कुने पनि लाभको पदमा देशभित्र वा बाहिर समानान्तर पदीय हैसियतमा रहन निषेध गरिएको भएपनि प्रधान भने अझै राष्ट्रसंघीय पदमा रहनु विरोधाभासपूर्ण रहेको एक कुटनीतिज्ञले बताए ।















प्रतिक्रिया