काठमाडौं, २४ साउन । दीपायलस्थित सेनाको सुदूरपश्चिम पृतनाबाट हतियार गायब भएका छन् । पृतनाले भने त्यसबारे यकिन जानकारी सार्वजनिक गरेको छैन ।
सर्ट मेसिन गन एक थान र दुईवटा लोडेड म्याग्जिन हराएको सैनिक स्रोतले जनाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
स्रोतका अनुसार आइतबारदेखि घटनाबारे अनुसन्धान सुरु भएको छ ।
यसअघि स्थानीय सञ्चारमाध्यममा हतियारसहित जवान भागेको समाचार प्रकाशन प्रसारण भएको थियो ।
उक्त समाचारप्रति सेनाले आपत्ति जनाएको थियो ।
पृतनाभित्रबाट कुनै पनि जवान गायब नभएको तर हतियारबारे छानबिन भइरहेको स्रोतको भनार्इ छ ।
हातहतियार गणना तथा जाँच भइरहेकै बेला सेनाले काठमाडौंबाट विशेष टोलीलाई हेलिकप्टरमा झिकाएर अनुसन्धान तीब्र बनाएको छ ।















प्रतिक्रिया