काठमाडौं, २१ साउन । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजदूत छनौट प्रक्रिया परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक पृष्ठभूमिबाट ओली सरकारले सिफारिस गरेका १४ जना राजदूतको सिफारिस फिर्ता लिएपछि बाबुरामले सामाजिक सञ्जालमार्फत छनोट प्रक्रिया बदल्न सुझाव दिएका हुन् ।
बाबुरामले ट्वीटरमा भनेका छन्, ‘एउटा पार्टीका राजदूत रोकेर अर्को पार्टीका दूत पठाउनु सट्टा छनोट प्रक्रिया नै बदल्ने कि ? राजदूत पार्टीका दूत हैनन् राज्यका दूत हुन् भन्ने बुझौं !’
ओली सरकारको निर्णय उल्ट्याउँदै प्रचण्डको अध्यक्षतामा आज विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस फिर्ता लिएको थियो ।

















प्रतिक्रिया