
– विमल योगी
काठमाडौं, १८ साउन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच तीन बुँदे सहमतिको ड्राफ्ट तयार भएको छ ।
सहमतिपत्रमा केहीबेरमा शीर्ष नेताबाट हस्ताक्षर हुँदैछ । तीनै दलको ९ सदस्यीय कार्यदलले सहमतिको मस्यौदा तयार पारेको हो ।
स्रोतका अनुसार तीन बुँदे सहमतिपत्रको पहिलो बुँदामा राजनीतिक मुद्दाहरु फिर्ता लिने, घाइतेहरुको उपचार, शहिद घोषणा, क्षतिपूर्ति लगायतका विषय रहेका छन् ।
दोस्रोमा संविधान संशोधन, नागरिकता, सीमांकन लगायतका विषय आपसी समझदारीमा टुंग्याउने र तेस्रोमा प्रधानमन्त्री पदमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गर्ने उल्लेख छ ।
सहमति पत्रमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, माओवादीबाट प्रचण्ड र मधेसी मोर्चाबाट उपेन्द्र यादवले हस्ताक्षर गर्नेछन् ।











प्रतिक्रिया